२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

पाँच वर्षमुनिका बालबालिकालाई आज पनि पोलियोविरुद्धको खोप दिइँदै, साउन १२ गतेसम्म चल्ने

काठमाडौं । काठमाडौं उपत्यकामा पाँच वर्षमुनिका बालबालिकालाई अनिवार्य रुपमा पोलियोविरुद्धको खोप दिने अभियान आज पनि जारी छ। साउन १२ गतेसम्म चल्ने उक्त अभियान अन्तर्गत उपत्यकाका तीन वटै जिल्लाका ५ वर्ष मुनिका झन्डै २ लाख ८० हजार बालबालिकालाई पोलियो खोप दिने तयारी गरिएको छ।

राजधानीकै टुकुचा र बागमती खोलाको दोभानमा नयाँ पोलियो भाइरस भेटिएपछि सरकारले उपत्यकाका तीन जिल्लाका पाँच वर्षमुनिका बालबालिकालाई खोप दिने निर्णय गर्दै अभियान नै सुरु गरेको हो। राजधानीमा फेला परेको पोलियो भाइरस मुखबाट खुवाइने पोलियो भाइरसको उत्परिवर्तनका रूपमा फेला परेका कारण मुखबाटै खोप दिने काम सुरु भएको परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख डा. अभियान गौतमले बताउनुभयो । चार दिन जारी रहने पोलियो खोप अभियानका लागि सरकारले १२ हजारदेखि १६ हजार स्वास्थ्यकर्मी परिचालन गरेको छ।

प्रकाशित मिति : २०८१ साउन १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस