२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

देवी प्रतिभा अझै दुई दिन कोटिहोममा

ललितपुर । दर्शकबीच अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभाले थप दुई दिन श्री पशुपति कोटिहोम १०८ श्रीम‌द्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ २०८१ मामा बसेर कथा प्रवचन गर्नुहुने भएको छ । हिजो भारत फर्किनेगरी महायज्ञमा कथा प्रवचन गर्न आउनुभएकी देवीप्रतिभा सोमबारसम्म नेपालमै बस्ने तय भएको हो ।

उहाँले आजदेखि भारतमा हुने प्रवचन केही समयलाई पर सारेर थप दुई दिन पशुपति कोटिहोममा प्रवचन दिन लाग्नुभएको छ । देवी प्रतिभाले १३ र १४ गते बिहानी सत्रमा रामकथा प्रवचन गर्ने कार्यक्रम रहेको छ ।

 

प्रकाशित मिति : २०८१ साउन १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस