२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

६ अंकले बजार बढ्दा सेयर कारोबार रकम २० अर्बमाथि

As the market rose by 6 points, the share turnover was over 20 billion

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.७० अंकले बढेर २७६६.३८ को विन्दुमा बन्द भएको छ । नेप्से बढेसँगै ५ करोड ९ लाख ४६ हजार ८३२ कित्ता से यर किनबेच हुँदा २० अर्ब ७ करोड ४ लाख रुपैयाँमाथि कारोबार भएको छ ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब २० करोडको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको १ अर्ब ७ करोडको सेयर कारोबार भएको छ । निफ्राको ९२ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ६ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज कर्णाली डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, मिड सोलु, सर्वोत्तम र सोनाका लगानीकर्ताले कमाएका छन् । आज यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै एनआरएनका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

 

प्रकाशित मिति : २०८१ साउन २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस