काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.७० अंकले बढेर २७६६.३८ को विन्दुमा बन्द भएको छ । नेप्से बढेसँगै ५ करोड ९ लाख ४६ हजार ८३२ कित्ता सेयर किनबेच हुँदा २० अर्ब ७ करोड ४ लाख रुपैयाँमाथि कारोबार भएको छ ।
आज उपसमूहमा रहेका १३ वटामध्ये ६ वटा समूह बढेको छ भने ७ वटा घटेको छ। यो दिन ७९ कम्पनीको सेयरमूल्य बढ्दा १५९ कम्पनीको सेयरमूल्य घटेको छ। आज ४ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।