![Gold Price Today Nepal](https://www.janaboli.com/wp-content/uploads/2024/04/Gold-Price-Today-Nepal.jpg)
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य घटे पनि स्थानीय बजारमा भने आज स्थिर रहेको छ। बुधबार सुन तोलाको १ लाख ५२ हजार रुपैयाँमा स्थिर रहेको हो। सोमबार सुन तोलामा ३०० रुपैयाँ घटेर प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो। मंगबार स्थिर थियो ।
यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार ७५५ रुपैयाँमा कायम हुँदै घटेको छ । सोमबार चाँदी तोलामा २० रुपैयाँ र मंगलबारपनि २० रुपैयाँ घटेर उक्त मूल्यमा पुगेको थियो।
प्रकाशित मिति : २०८१ भाद्र १९ गते बुधवार