हेटौँडा । क्रिस्टियानो रोनाल्डोले आफ्नो खेल जीवनको ९०१ औँ गोल गरेपछि पोर्चुगलले आइतबार नेसन्स लिगमा स्कटल्यान्डलाई २–१ ले हराएको छ । खेलमा अग्रता भने स्कटल्यान्डले सातौँ मिनेटमा लिएको थियो । स्कटल्याण्डको लागि स्टक म्याकटोमीले गोल गरेपछि पोर्चुगल १-० गोलले पछि परेको थियो । पहिलो हाफमा १-० ले पछि परेको पोर्चुगल दोस्रो हाफमा खेलमा फर्कियो ।
दोस्रो हाफको ५४ औँ मिनेटमा फर्नान्डेजले गोल गर्दै पोर्चुगललाई बराबरी बनाए । खेलको ८८ औँ मिनेटमा पोर्चुगलका स्टार खेलाडी रोनाल्डोले गोल गरेपछि खेल पोर्चुगलले जित्यो । जितसँगै ग्रुप ए बाट पोर्चुगल ६ अङ्क सहित पहिलो स्थानमा छ ।