२०८१ मङ्सिर २३ गते आइतवार | 2024 December 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पाँच महिनादेखि चिकित्सक बेपत्ता

जलेश्वर। भङ्गहा नगरपालिका–२ बखरी गाउँका स्थायी बासिन्दा ५० वर्षीय चिकित्सक प्रबोधकुमार यादव गत वैशाख ३ गतेदेखि बेपत्ता भएका छन्। काठमाडौँमा बस्दै आएका उनी कामको सिलसिलामा जनकपुर पुगेपछि परिवारको सम्पर्कमा नआएपछि खोजीका लागि स्थानीय प्रशासनसमक्ष हारगुहार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उनले २०८१ वैशाख ३ गते श्रीमती पुनमकुमारीसँग टेलिफोनमा कुरा गरेका थिए। सोही दिन अपराह्न ३ बजेदेखि उनको मोबाइल बन्द भएको उनकी श्रीमतीले बताइन्। प्रहरीले बेपत्ता यादवको खोजतलास भइरहेको जनाएको छ।

प्रकाशित मिति : २०८१ भाद्र २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस