२०८१ कार्तिक १७ गते शनिवार | 2024 November 2nd Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेप्से उच्च अङ्कले बढ्दै २६ सय ९२ विन्दुमा पुग्यो, शेयर कारोबारमा पनि बृद्धि

१३ कार्तिक , काठमाण्डौँ । शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । हिजो २७ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज धनतेरसको दिन ४६ दशमलव ६९ अङ्कले बढेर दुई हजार ६ सय ९२ दशमलव शून्य पाँच विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज सप्तकोशी विकास बैंक, सानिमा जीआईसी इन्सुरेन्स र कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन निफ्रा ऊर्जा ऋणपत्रको शेयर भने झन्डै दुई प्रतिशतले घटेको छ ।

आज कारोबार रकम पनि बढेको छ । हिजो पाँच अर्ब ३४ करोडको शेयर कारोबार भएकोमा आज तीन सय १९ वटा कम्पनीका एक करोड ३३ लाख कित्ता शेयर ६ अर्ब १२ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै समृद्धि फाइनान्स कम्पनीको २४ करोड रुपैयाँको शेयर किनबेच भयो ।

प्रकाशित मिति : २०८१ कार्तिक १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस