२०८२ कार्तिक २७ गते बुधवार | 2025 November 12th Wednesday

ज्ञानेन्द्र शाहले दसैंमा टीका लगाइदिने

काठमाडाैँ | पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीका दिन निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।

पूर्व राजा शाह र पूर्वा रानी कोमल शाहले विजय दशमीका दिन अपराह्न ४ बजे शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने संवाद सचिवालयले जानकारी दिएको छ ।

पूर्व राजा शाह हाल भुटान भ्रमणमा छन्। उनी आइतबार स्वदेश फर्किने छन्। भुटानी राजपरिवारले उनलाई बिमानस्थलमा रातो कार्पेट बिछ्याएर स्वागत गरेको थियो ।

प्रकाशित मिति : २०८१ असोज १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस