२०८२ फाल्गुन ४ गते सोमवार | 2026 February 16th Monday

युवा जनप्रतिनिधि द्वारा दुर्गा मन्दिर लाई आर्थिक सहयोग

इटहरी /सुनसरी। इटहरी उप महानगरपालिका वडा नं ५ मा रहेको नवदुर्गा मन्दिरलाई इटहरी उप महानगरपालिका वडा नं ७ का वडा वडा सदस्य दिपक घिमिरेले आर्थिक सहयोग गरेका छन्।

आज बिहान मन्दिर परिसरमा नवदुर्गा मन्दिर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भूपाल भट्टराई, उपाध्यक्ष राजेन्द्र घिमिरे, कोषाध्यक्ष डिल्लीराम गुरागाईँ, सदस्य निश्चल घिमिरे तथा स्थानीय समाजसेवी युवा विनय निरौलाको उपस्थितिमा सहयोग रकम रु १५ हजार ५ सय ५५ हस्तान्तरण गरिएको हो।

स्व. पिता बलराम घिमिरे तथा माता मनमाया घिमिरेको स्मृतिमा उनका कान्छा छोरा ले उप्त रकम सहयोग स्वरूप मन्दिर समितिलाई हस्तान्तरण गरेका हुन्।

मन्दिर सुधारका लागि विभिन्न सङ्घ, संस्था र मनकारी दाताहरूबाट आर्थिक सहयोग जुट्ने कार्य भइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भूपाल भट्टराई ले बताए साथै उप्त रकम एक अक्षय कोष खडा गरिने र सोही कोष मार्फत सामाजिक कार्यमा खर्च गरिने पनि उनले बताए र उनले सहयोगको निम्ति आम जनसमुदायमा अपिल समेत गरे।

उसो त दिपक घिमिरे सामाजिक कार्यमा उत्तिकै सकृय युवा जनप्रतिनिधि हुन्, कहिले माया घरमा आश्रय लिरहेका असाहयलाई खान खुवाउन पुग्छन त कहिले मुसर बस्तीमा झुल लिएर पुग्छन, मुसर बस्तीमा न्यानो कपडा बाड्ने देखि बाढी पिडित लाई उद्दार गर्ने, अपांग असक्त लाई ह्विल चियर वितरण गर्ने सबै उनकै सक्रियतामा भैरहेको स्थानीय बताउंछन्।

प्रकाशित मिति : २०८१ मङ्सिर १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस