२०८१ मङ्सिर १८ गते मङ्गलवार | 2024 December 3rd Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अल्मोडा बस दुर्घटनामा ३६ जनाको मृत्यु

काठमाडौं । भारत, उत्तराखण्डको अल्मोडा जिल्लामा ठुलो सडक दुर्घटना भएको छ । मार्चुला नजिकै यात्रु बोकेको बस खाईमा खसेपछि ३६ जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् । चार जना घाइतेलाई एयरलिफ्ट गरिएको छ र तीन जनालाई एम्स ऋषिकेशमा भर्ना गरिएको छ । घटनास्थलमा उद्धार तथा राहत कार्य जारी छ। एसडीआरएफको टोली घटनास्थलमा छ ।

सोमबार अल्मोडा जिल्लाको मार्चुला क्षेत्रको नजिकै यात्रुहरू बोकेको बस नदीमा खसेको थियो । बसमा ५५ भन्दा बढी यात्रीहरू सवार थिए । दुर्घटनाको जानकारी प्राप्त भए लगत्तै प्रहरी–प्रशासन घटनास्थलमा पुगेको छ । एसएसपी अल्मोड़ा पनि घटनास्थलमा पुगेका छन् । उद्धारका लागि एसडीआरएफको टोली पनि पुगेकी छ । दुर्घटनामा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले अल्मोडा सडक दुर्घटनामा गहिरो समवेदना व्यक्त गरेका छन् । बस नैनीडाँडा किनाथबाट रामनगर जाँदै थियो । जब बस मार्चुला नजिकै सारड बैंडको छेउमा पुग्यो, बस नदीमा खसेको हो । बस नदीमा खस्नासाथ यात्रुहरूको चिच्याएका थिए । केही व्यक्तिको घटनास्थलमै मृत्यु भयो भने केही बसबाट निस्किएर खसे । घाइतेहरूले नै जानकारी अरूसम्म पुर्‍याए । सूचना पाएपछि प्रहरी र प्रशासनको टोली घटनास्थलमा पुगेर उद्धार तथा राहत कार्य थालेको हो । घाइतेहरूलाई अस्पताल लगिएको छ ।

बस ४० सिट क्षमताको थियो तर ५५ भन्दा बढी यात्रीहरू सवार थिए । गम्भीर घाइते पनि भएका कारण मृतकहरूको संख्या बढ्न सक्ने अधिकारीहरुले जानकारी दिएका छन् । घटनामा घाइते भएका मानिसहरूलाई प्राथमिक उपचार तथा अस्पतालमा भर्ना गराइएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस