२०८१ मङ्सिर २५ गते मङ्गलवार | 2024 December 10th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जापानमा आफ्नै साथिको पछाडि छुरा प्रहार गर्ने १६ वर्षीय विद्यार्थी पक्राउ

टोकियो, जापान । टोकियोमा प्रहरीले एक १६ वर्षीय बालकलाई भान्छाको चक्कु हाई स्कूलका एक छात्राको पछाडि प्रहार गरेको आरोपमा पक्राउ गरेको छ । उनिमाथि हत्या प्रयासको आशंका गरिएको छ । घटना शनिवार दिउँसो १ बजेतिर मिनातो वार्डको सडकमा भएको हो । पीडितलाई सामान्य चोट लागेको र जीवन खतरामा नभएको प्रहरीले जनाएको छ।

प्रहरीले संदिग्ध र पीडित एउटै विद्यालयमा पढ्ने तर यो वर्षको सुरुमा उक्त स्कुल छोडेको बताएको छ । अभियुक्तले आफैं ११० मा फोन गरेर प्रहरीलाई खवर गरेका थिए र प्रहरी नआउन्जेल घटनास्थलमै बसेका थिए ।

प्रहरीले संदिग्धलाई उद्धृत गर्दै भनेको छ ‘मैले उसलाई मार्ने नियतले छुरा प्रहार गरेको हुँ । प्रहरीले ती दुई विद्यार्थीले एकअर्कालाई चिनेको र घटनाको समयमा त्यहाँ अन्य धेरै युवाहरू पनि रहेको बताएको छ । तर आक्रमणको कारणबारे अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस