२०८१ मङ्सिर १८ गते मङ्गलवार | 2024 December 3rd Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतीय सेनाध्यक्ष द्विवेदी नेपाल आउँदै, प्रधानसेनापतिको दर्ज्यानी चिह्न लिने

२७ कार्तिक, काठमाण्डौँ । भारतीय सेनाका सेनाध्यक्ष उपेन्द्र द्विवेदीले मंसिर ५ गतेदेखि नेपाल भ्रमण गर्ने भएका छन् । गत असार १६ गते भारतीय सेनाको सेनाध्यक्षमा नियुक्त भएका द्विवेदीको यो पहिलो नेपाल भ्रमण हो ।

चारदिने नेपाल भ्रमणमा आउन आउने सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दज्र्यानी चिह्नसमेत प्रदान गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई मानार्थ सेनापतिको दर्ज्यानी चिह्न प्रदान गरेपछि उनले महत्वपूर्ण भेटघाटसमेत गर्नेछन् ।

प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाध्यक्ष द्विवेदी नेपाल आउन लागेका हुन् । नेपाली तथा भारतीय सेनाको सेनापतिमा नियुक्त हुने दुवै देशका प्रधानसेनापतिले एकअर्का देशको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न लिने परम्परा रहेको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस