२०८१ मङ्सिर १८ गते मङ्गलवार | 2024 December 3rd Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मंसिर १२ भित्र विद्युत् बक्यौता बुझाउन प्राधिकरणको ताकेता

२९ कार्तिक , काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत आपूर्ति लिएका उद्योगलाई बक्यौता महसुल बुझाउन ताकेका गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै सोबापतको महसुल मंसिर १२ गतेभित्र सम्बन्धित वितरण केन्द्रमा बुझाउन आग्रह गरेको हो ।

मन्त्रिपरिषद्को कात्तिक २५ को बैठक र प्राधिकरण संचालक समितिको कात्तिक २७ को बैठकबाट बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय भएको सूचनामा उल्लेख गरेको छ ।

प्राधिकरणले सोही अनुरुप वितरण केन्द्रहरुबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्म टीओडी मिटरमा रेकर्ड भएको डिमान्ड तथा टी वान, टी टू र टी थ्रि टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिलअनुसार बिल भुक्तानी गर्न उद्योगहरुलाई भनेको हो ।
तोकिएको समयमा बक्यौता महसुल भुक्तानी नभएमा नियमानुसार हुने पनि प्राधिकरणकले स्मरण गराएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस