२०८१ मङ्सिर १८ गते मङ्गलवार | 2024 December 3rd Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सहकारी ठगी प्रकरण : पुर्पक्षका लागि थुनामा रहेका कुमार रम्तेललाई ल्याइयो काठमाडौँ

२९ कार्तिक, काठमाडौँ । सहकारीको रकम ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका कुमार रम्तेललाई काठमाडौं ल्याइएको छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष, समानता बचत तथा ऋण सहकारी संस्थाका सचिव र स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका कोषाध्यक्ष रहेका रम्तेललाई रूपन्देहीबाट काठमाडौं ल्याइएको हो ।

सहकारी ठगीमै अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा रूपन्देहीबाट काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । रम्तेल तत्कालिन सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष हुन् । प्रहरी स्रोतका अनुसार रम्तेलको बयान आजबाट लिइने छ । जीबी राईसँगको सहकार्यबारे रम्तेलले नेचर नेष्ट प्रालिमा २०७४ सालदेखि बजार व्यवस्थापकको रूपमा नियुक्ति भएको बताउँदै आएका छन् ।

प्रकाशित मिति : २०८१ कार्तिक २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस