२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

एनपिएलका लागि थप व्यवस्थित बनाइँदै कीर्तिपुर रंगशाला

काठमाडौं ।   कीर्तिपुरमा रहेको क्रिकेट मैदानलाई थप व्यवस्थित बनाइएको छ।

यही मंसिर १५ गतेदेखि यहाँ नेपाल प्रिमियर लिग (एनपिएल) का खेल हुँदैछन्।

नेपाल क्रिकेट संघको आयोजनामा पहिलो पटक एनपीएल हुन लागेको हो। खेल हेर्न दर्शक बस्ने ठाउँलाई पनि व्यवस्थित बनाइएको छ भने खेल हेर्न भिआइपी बस्ने ठाउँ पनि बनाइएको छ। पिच पुनर्निर्माणदेखि साइड स्क्रिनलाई व्यवस्थित गर्ने र डिजिटल स्कोर्डबोर्ड राख्नेसम्म कामहरू भएका छन्।

क्यानले सोमबार लिगको खेल तालिका सार्वजनिक गरेको थियो। तालिकाअनुसार १५ मंसिरको उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्स भिड्नेछन्।

प्रकाशित मिति : २०८१ मङ्सिर ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस