२०८१ मङ्सिर १८ गते मङ्गलवार | 2024 December 3rd Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अफवाह सूचना फैलाउने थप १० युट्युब च्यानलसहितका माध्यमलाई काउन्सिलको कारबाही

काठमाडौं । अपुष्ट र भ्रमपूर्ण सामाग्री प्रसारण गरी समाजलाई दिग्भ्रमित पारेको भन्दै प्रेस काउन्सिल नेपालले थप १० वटा युट्युब च्यानलसहित सामाजिक सञ्जाललाई सोमबार कारबाही गरेको छ ।

तीमध्ये अधिकांश दर्ता/सूचीकरण नगरी सञ्चालित छन् । मिडियाअन्तर्गत दर्ता/सूचीकरण नभई सञ्चालित सामाजिक सञ्जाललाई काउन्सिलले अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गरेको छ ।

काउन्सिलले पछिल्लो समयमा कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल तथा फेसबुक पेजबाट सम्प्रेषित सामग्रीको समेत विशेष अनुगमन गरिरहेको छ । सो क्रममा सामाजिक सञ्जालबाट घृणा तथा द्वेष फैलाउने किसिमबाट अपुष्टआधारहीनएकपक्षीय आरोपसहितका सामग्रीमाथि अनुगमन भइरहेको सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहराद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।

काउन्सिलले सामाजिक सद्भाव बिगार्नेघृणा तथा द्वेष फैलाउने र वैयक्तिक गोपनीयता प्रतिकूल सामग्री सम्प्रेषण नगर्न/नगराउन सञ्चार माध्यमआम पत्रकारसञ्चारकर्मीसामाजिक सञ्जालका प्रयोगकर्ता लगायत सम्वद्ध सम्पूर्ण पक्षको गम्भीर ध्यानाकर्षण समेत गराएको छ ।

May be an image of text

प्रकाशित मिति : २०८१ मङ्सिर ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस