२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

एनपीएलमा विराटनगर किङ्सले जिते ३० लाख रुपैयाँ पुरस्कार दिने मुख्यमन्त्री कार्कीको घोषणा

काठमाडौं । कोसी प्रदेश सरकारले विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जिते ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।

विराटनगरका किङ्सका खेलाडीलाई बिदाइ गर्दै कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजेता बनेमा ३० लाख पुरस्कार दिने घोषणा गरेका हुन्।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिगको लागि कोसी प्रदेशबाट विराटनगर किङ्सले सहभागिता जनाउँदै छ।
मुख्यमन्त्री कार्कीले टोलीलाई जितको शुभकामना दिँदै खेल क्षेत्रमा निजी क्षेत्रको सहभागिताले थप आकर्षण बढेको बताए।

एनपीएल काठमाडौँको कीर्तिपुरस्थित मैदानमा मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म सञ्चालन हुँदैछ ।

प्रकाशित मिति : २०८१ मङ्सिर १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस