२०८१ मङ्सिर १८ गते मङ्गलवार | 2024 December 3rd Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

लामिछानेको बयान भइरहँदा, रिहाइको माग गर्दै समर्थकको प्रदर्शन

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान भइरहँदा रास्वपाका नेता कार्यकर्ताहरुले माइतीघरमा प्रदर्शन गरेका छन्।

रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौलासहित रास्वपा नेता कार्यकर्ता र रविका समर्थकले माइतीघरमा प्रदर्शन गरेका हुन्।

पोखराको प्रहरी हिरासतमा रहेका रविलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित रहेर थप बयानका लागि हिजो साँझ काठमाडौं ल्याइएको थियो ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेसँग बयान लिइएको हो । यता उनको समर्थक र कार्यकर्ताहरुले भने माइतीघरको उनको रिहाइको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति : २०८१ मङ्सिर १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस