
काठमाडौं । घोराहीबाट तुलसीपुर जाँदै गरेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् ।
रा १ ख १३८२ नम्बरको बस घोराही–तुलसीपुर सडक अन्तर्गत तुलसीपुर १८ बिजौरीको डाँडागाउँनेर दुर्घटना हुँदा बसमा सवार १८ जना यात्रु घाइते भएको प्रहरी चौकी हेमन्तपुरले बताएको छ ।
घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति : २०८१ मङ्सिर १४ गते शुक्रवार