मंसिर १५, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट एक किलो एक सय ग्राम सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनका आशिष सुवेदी रहेको नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
विमानस्थल भन्सारका कर्मचारी एवं त्यहाँ खटिएको प्रहरी टोलीले उनलाई एक किलो एक सय ग्राम सुनसहित पक्राउ गरेको हो । शुक्रबार एयर अरेबियाको फ्लाइटबाट दुबई हुँदै नेपाल आएका सुवेदीले रबरको एक प्रकारको भाँडो बनाएर त्यसमा लुकाएर सुन ल्याएको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई गौशाला प्रहरीमा राखी थप अनुसन्धान अगाडि बढाइएको छ ।