२०८२ साउन ३ गते शुक्रवार | 2025 July 18th Friday

अब कार्यकारी राष्ट्रपतिको मुद्दा लिएर आन्दोलनको आँधीबेरी ल्याउने प्रचण्डको चेतावनी

Prachanda's warning that the issue of the executive president will bring a storm of agitation

मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अब कार्यकारी राष्ट्रपतिको मागसहित सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् । शनिबार मकवानपुरको थाहा नगरपालिकामा वाईसीएलको दोस्रो नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले नयाँ आन्दोलनको संकेत गरे। कांग्रेस–एमाले गठबन्धनको सरकार गठनसँगै प्रतिपक्षी बेञ्जमा पुगेका दाहाल पछिल्ला चार महिनायता निरन्तर सडक आन्दोलनको चेतावनी दिँदै आएका छन् ।

उनले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारमाथि पनि कडा प्रहार गरे । आफ्नो नेतृत्वको पूर्वसरकारले विचौलिया, दलाल र पुँजीपतिको सेटिङ भत्काएपछि आत्तिएका व्यक्तिहरूले एमाले र कांग्रेस नेतृत्वलाई भेटेर सरकार फेर्न दबाब दिएको र बिचौलियाहरूले नै यो सरकार निर्माण गरिदिएको आरोप समेत लगाए।

‘यो सरकार जनताको सरकार होइन । हामीले सुशासन र भ्रष्टाचारीलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि बिचौलियाले बनाइदिएको सरकार हो, पूर्वप्रधानमन्त्री दाहालले भने । अध्यक्ष दाहालले आगामी दिनमा देशभरका जिल्ला र स्थानीय तहमा आन्दोलनको आँधीबेरी सिर्जना गर्ने बताए । उनले आफू अझै ५–७ वर्ष स्वस्थ रहे प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था नभएसम्म विश्राम नलिने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २०८१ कार्तिक २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस