२०८३ जेष्ठ १० गते आइतवार | 2026 May 24th Sunday

राज्यसत्ताको स्वेच्छाचारी प्रवृत्तिविरुद्ध आन्दोलन गर्ने रास्वपाको निर्णय, रवि सिध्याउनै खोजेको निश्कर्ष

RSVP's decision to protest against the arbitrary tendency of the state power

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राज्यसत्ताको स्वेच्छाचारी र र अधिनायकवादी प्रवृत्तिविरुद्ध केन्द्रित भएर दोस्रो चरणको आन्दोलन थाल्ने निर्णय गरेको छ । रास्वपाको शनिबार बसेको केन्द्रीय समिति बैठकले उक्त आन्दोलनमा भाग लिनका लागि आह्वान पनि गरेको छ । सभापति रवि लामिछानेको पक्राउलाई वर्तमान सत्ता गठबन्धनको रास्वपालाई राजनीतिक रूपमा निषेध गर्ने कार्यका रूपमा लागेको अर्थ्याएको केन्द्रीय समिति बैठकले आन्दोलनको घोषणा गरेको हो ।

ुसंसदीय छानबिन समितिले बुझाएको प्रतिवेदनको पृष्ठ नम्बर ४४९ मा सहकारी संस्थाबाट गोर्खा मिडिया प्रालिमा रकम लैजाने सम्पूर्ण प्रक्रियामा रवि लामिछानेको संलग्नता पुष्टि हुने कुनै पनि कागज प्रमाण नभेटिएको भन्ने तथ्य उल्लेख गरिएको भए तापनि सोही अभियोगमा पक्राउ गरिएको र उक्त पक्राउको वास्तविक उद्देश्य वर्तमान गठबन्धनले रास्वपालाई राजनीतिक रुपमा निषेध गर्न हो भन्ने प्रष्ट देखिन्छ, रास्वपाको केन्द्रीय समितिको निर्णयमा उल्लेख छ ।

रास्वपाले राज्यसत्ताको स्वेच्छाचारी, अधिनायकवादी प्रवृत्तिविरुद्ध साथै साझा राष्ट्रिय मुद्दाहरूमा केन्द्रित रही सञ्चालन गर्न गइरहेको दोस्रो चरणको संयुक्त सशक्त आन्दोलनमा साथ दिन सम्पूर्ण न्यायप्रेमी आम नेपाली जनतामा हार्दिक आह्वान गर्ने । रास्वपाले सभापति लामिछानेविरुद्ध गरिएको कारबाहीलाई राजनीतिक प्रतिशोध भएको निर्णय गरेको छ । यो कारबाही सत्तारुढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र हो भन्ने हाम्रो ठम्म्याई छ, रास्वपा केन्द्रीय समितिको निर्णयमा उल्लेख छ ।

राजनीतिक स्वतन्त्रताका लागि संघर्ष गरेका दलहरू नवीन विचार र आवाजलाई दबाउन उद्दत रहेको पनि रास्वपा केन्द्रीय समितिको निर्णय छ । सरकारले नेपालको लोकतन्त्र, संविधान र विधिको शासन विपरीत कार्य गरिरहेको रास्वपाको ठहर छ । रास्वपा आम नेपाली जनतालाई राज्यको यो खतरापूर्ण चरित्रलाई पहिचान गर्न आग्रह गर्दछ, रास्वपाले भनेको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस