२०८२ फाल्गुन २३ गते शनिवार | 2026 March 7th Saturday

लिफ्ट बिग्रिएपछि अनिश्चितकालका लागि धरहरा बन्द

काठमाडौं । सञ्चालनमा ल्याएको तीन महिना नबित्दै धरहरा बन्द भएको छ ।

लिफ्ट बिग्रिएपछि अनिश्चितकालका लागि धरहरा बन्द भएको सहरी विकास भवन निर्माण विभागका उपमहा निर्देशक प्रकीर्ण तुलाधरले जानकारी दिए ।

‘लिफ्ट बिग्रिएर केहि दिनअघिदेखि बन्द गरेको हो । बनेपछि सञ्चालनमा आइहाल्छ,’ उनले भने । २०७२ को भूकम्पले धरहरा ढालेपछि २०७५ सालदेखि निर्माण थालिएको थियो । निर्माण थालेको ६ वर्षपछि पुरा निर्माण सम्पन्न नहुँदै असोज ३ गते संविधान दिवसको दिन सञ्चालनमा ल्याइएको थियो ।

तत्काल परीक्षणका लागि खुला गरिएको यस धरहरा दैनिक ६०० जना निःशुल्क चढ्न पाउने व्यवस्था गरेको थियो । जसका लागि अनलाइनमार्फत निःशुल्क टिकट बुक गरेर चढ्न पाउने व्यवस्था गरेको थियो ।

प्रकाशित मिति : २०८१ मङ्सिर २ गते आइतवार
प्रतिक्रिया दिनुहोस