२०८२ माघ २५ गते शनिवार | 2026 February 7th Saturday

डडेल्धुरामा जीप दुर्घटना हुँदा दुईको मृत्यु, सात जना घाइते

Jeep Accident

काठमाडौं । डडेल्धुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

कञ्चनपुरको दैजीबाट परशुराम नगरपालिका आइरहेको जीप परशुराम नगरपालिका–९ स्थित दैजी–जोगबुढा सडकखण्डको लिप्नामा आज दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय जोगबुढाका अनुसार महेन्द्रनगरबाट सलेता आउँदै गरेको लु१ज ४५७९ नम्बरको जीप सडकबाट ३० मिटर तल खसेको हो। दुर्घटनामा सात जना घाइते भएका छन्।

तीमध्ये गम्भीर अवस्थामा रहेका चार जनालाई उपचारका लागि धनगढी लगिएको र घटनाको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ।

प्रकाशित मिति : २०८१ मङ्सिर ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस