
काठमाडौं । सुदूरपश्चिम प्रदेशका पाँच ठाउँमा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ। उपनिर्वाचनमा ५४ प्रतिशतले मतदान गरेका छन्।
१७ हजार ३१३ मतदाता मध्ये ९ हजार ७८८ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालय धनगढीका निर्वाचन अधिकारी प्रेमराज भट्टले जानकारी दिए।
बाजुराको स्वामिकार्तिक गाउँपालिकामा उपाध्यक्षलागि ७ हजार ४६० मतदाता मध्ये ३ हजार ९०३ जनाले मतदान गरे। कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षका लागि ५ हजार ४३४ मतदाता मध्ये २ हजार ९९२, दार्चुलाको दुहु गाउँपालिका–५ मा १ हजार २७२ मध्ये ८७७, डोटीको पुर्वीचौकी गाउँपालिका–६ मा १ हजार ५९३ मध्ये ८३९ र बझाङको सुर्मा गाउँपालिका–४ मा १ हजार ५५४ मध्ये १ हजार १७८ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी भट्टले जानकारी दिए।