
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीनको औपचारिक भ्रमणको तयारी तीव्र रूपमा भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै औपचारिक भ्रमणका लागि सोमबार चीन प्रस्थान गर्दै हुनुहुन्छ । चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणमा चीन भ्रमणमा जान लाग्नुभएको हो ।
यसैबिच प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणलगायत विविध विषयमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शीतल निवासमा शनिबार छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीको भ्रमणलाई सहज र सफल बनाउन आवश्यक सबै खालका तयारी भइरहेको मन्त्रालयले स्पष्ट पारेको छ ।
मन्त्रालयले प्रधानमन्त्रीको कार्यालयसँग छलफल र परामर्श गर्दै आवश्यक कागजी दस्ताबेजहरूको व्यवस्थापनसँगै सम्भावित सम्झौताकारी निकायका उच्चाधिकारीसँग पनि परामर्शसँगै भ्रमण व्यवस्थित बनाउने प्रक्रिया अघि बढाइएको जनाएको छ ।