२०८१ माघ २५ गते शुक्रवार | 2025 February 7th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कीर्तिपुरका २० स्थानमा मतदान जारी

काठमाडौं । कीर्तिपुर नगरपालिकाका २० स्थानमा नगरप्रमुख र दुई वडाध्यक्षका लागि उत्साहपूर्वक मतदान जारी छ ।

मतदान अधिकृत इन्दिरा कार्कीका अनुसार नगरप्रमुख र वडा नं १ र ४ का वडाध्यक्षका लागि जारी मतदानमा  नगरप्रमुखमा दलीय र स्वतन्त्र गरी २० उम्मेदवार तथा  वडा नं १ मा ९ र वडा नं ४ मा १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

नगरप्रमुख राजकुमार नकर्मी,वडा १ का अध्यक्ष  हीरालाल महर्जन र वडा नम्बर ४ का अध्यक्ष श्यामराज अधिकारीको निधनपछि ती रिक्त पदमा आज उपनिर्वाचन हुन लागेको हो।

प्रकाशित मिति : २०८१ मङ्सिर १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस