२०८१ माघ २५ गते शुक्रवार | 2025 February 7th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कर्णालीका ८ स्थानीय तहमा मतदान जारी, ४३ उम्मेदवार प्रतिस्पर्धामा

काठमाडौं । कर्णाली प्रदेशका स्थानीय तहमा रिक्त ८ जनप्रतिनिधि चुन्न उपनिर्वाचन भइरहेको छ ।

उपनिर्वाचन हुने स्थानीय तहमा बिहान ७ बजेदेखि नै शान्तिपूर्ण रूपमा मतदान मतदान भइरहेको छ ।

प्रदेशका विभिन्न पालिकामा एक गाउँपालिका अध्यक्ष, एक नगरपालिका उपप्रमुख, एक उपाध्यक्ष र ५ वडाध्यक्ष पदका लागि उपनिर्वाचन भइरहेको छ । प्रदेशका ८ पदका लागि ४३ जना उम्मेदवारहरू चुनावी मैदानमा छन् ।

कर्णालीका उपनिर्वाचन हुने सबै स्थानमा निर्धारित समयमै मतदान सुरु भएको निर्वाचन आयोगका सहप्रवक्ता दुर्गा चालिसेले जानकारी दिए । कर्णालीमा दैलेखको महाबु गाउँपालिका अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षका लागि मतदान भइहरेको छ ।

 

 

प्रकाशित मिति : २०८१ मङ्सिर १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस