काठमाडौं । नेपाल प्रिमयर लिग (एनपिएल)अन्तर्गत आफ्नो पहिलो खेलमा काठमाडौंले दिएको १ सय १२ रनको लक्ष्य पछ्याएको चितवनले ६८ रन जोड्दा आफ्नो आधा टिम गुमाएको छ।
काठमाडौंले आफ्नो इनिङमा ६३ रन जोड्दा ५ विकेट गुमाएको थियो। जबकी ५ रन बढी जोड्दा चितवनले पनि पाँच विकेट गुमायो।
खेलमा काठमाडौंलाई कायम राख्ने क्रममा शाहब आलमले ३ विकेट लिएका छन्। त्यस्तै गेर्हार्ड एरासमस र डन डौथवाइटले समान १-१ विकेट लियो। चितवनले पछिल्ला तीन विकेट १४ रन जोड्दा गुमायो। यो सँगै काठमाडौं खेलमा फर्किदा चितवन दबाबमा परेको छ।
त्यसअघि पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन बनाएको थियो। चितवनका लुक बेन्केन्स्टाइनले २२ रन जोड्दा हसन एइसाखिलले १२ र कुशल मल्लल र रभि बोपराले समान ११-११ रन बनाए।