२०८१ माघ ४ गते शुक्रवार | 2025 January 17th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कर्णालीले दियो जनकपुरलाई १४२ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा कर्णाली याक्सले जितका लागि जनकपुर बोल्ट्ससामु १ सय ४२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

जारी एनपीएलमा बनेको यो सर्वाधिक योगफल हो। यसअघि पहिलो खेलमा विराटनगरविरुद्ध जनकपुरले १ सय २८ रनको लक्ष्य पूरा गर्दै पहिलो जित निकालेको थियो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४१ रनको योगफल तयार पारेको हो।

प्रकाशित मिति : २०८१ मङ्सिर १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस