२०८१ माघ ८ गते मङ्गलवार | 2025 January 21st Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

त्रिविमा स्नातकका विद्यार्थीले यसैवर्षबाट मौका परीक्षा दिन पाउने

काठमाडौं । स्नातक तह चौथो वर्षका विद्यार्थीहरूले यसैवर्षबाट मौका परीक्षा दिन पाउने भएका छन्। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले उक्त व्यवस्थाको लागि केही दिनमै सूचना प्रकाशित गर्ने जनाएको छ।

त्रिविले अहिले धमाधम स्नातक चौथो वर्षको विभिन्न संकायको नतिजा प्रकाशन गर्दै आएको छ। त्रिविले मानविकी तथा व्यवस्थापन संकायतर्फको बिए चौथो वर्षको नतिजा मंसिर १४ गते प्रकाशित गरेको थियो।

यस्तै, त्रिविले हिजो (आइतबार) शिक्षाशास्त्र संकायतर्फ सञ्चालित चारवर्षे बिएडको नतिजा प्रकाशित गरेको छ। त्रिविका रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालका अनुसार यी परीक्षामा दुई विषयसम्म फेल (अनुत्तीर्ण) भएकाले तत्कालै मौका परीक्षा दिन पाउनेछन्।

त्रिविले मौका परीक्षाको लागि आवेदन फाराम भर्न केही दिनमै सूचना प्रकाशित गर्ने उनले जानकारी दिए।

त्रिवि प्राज्ञिक परिषद्ले गत साउनमै स्नातक तहअन्तर्गत अन्तिम वर्षको परीक्षामा विद्यार्थीले मौका परीक्षा दिन पाउने निर्णय गरेको थियो। तर,कहिलेबाट उक्त व्यवस्था लागू हुने भन्नेमा विद्यार्थीहरूमा अन्योलता थियो। तर,अब उनीहरूले तत्कालै मौका परीक्षा दिन पाउने भएका छन्।

प्रकाशित मिति : २०८१ मङ्सिर १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस