२०८१ माघ ८ गते मङ्गलवार | 2025 January 21st Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाल र चीनबीच ८ विषयमा सहयोग र सहकार्यमा सहमति

काठमाडौं । नेपाल र चीनबीच आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ।

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच आज बिहान ग्रेट हल अफ पिपलमा भएको भेटवार्तापछि उनीहरूकै उपस्थितिमा दुवै देशका सम्बन्धित अधिकारीहरूले ८ वटा सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

प्रधानमन्त्री ओलीले आजै चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल मङ्सिर १७ गते जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि बेइजिङ गएको हो। मंसिर २० गते फर्किने कार्यक्रम छ।

प्रकाशित मिति : २०८१ मङ्सिर १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस