२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

अब चिडियाखानाको टिकट शुल्क भुक्तानी डिजिटल माध्यमबाटै गर्न सकिने

काठमाडौं ।  नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) ले जावलाखेलमा अवस्थित चिडियाखानाको प्रवेश शुल्क भुक्तानी अब डिजिटल माध्यमबाट गर्न सकिने व्यवस्था गरेको छ।

नगद रहित कारोवारलाई प्रोत्साहन तथा प्रयोगकर्ताहरुलाई सहज डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्नको लागि अनलाइन टिकट शुल्क भुक्तानीको व्यवस्था गरेको हो।

एनआईएमबी बैंकले उक्त टिकट भुक्तानीको लागि डिजिटल माध्यमको व्यवस्था गरेसँगै अनलाइन भुक्तानी सम्भव भएको हो । यो व्यवस्था सुरू भएसँगै अब नेपालको एक मात्र सदर चिडियाखाना जावलाखेल अवलोकन गर्नको लागि आवश्यक प्रवेश शुल्क भुक्तानीको लागि नगद बोक्नुपर्ने झन्झटको अन्त्य भएको छ।

प्रकाशित मिति : २०८१ मङ्सिर २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस