२०८१ माघ ८ गते मङ्गलवार | 2025 January 21st Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एनपीएल: लुम्बिनीमाथि पोखराको १० विकेटले पहिलो जित

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनीविरंद्ध पोखराले १० विकेटले जित हात पारेको छ।

टस जितेर ब्याटिङमा उत्रिएको लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई १७१ रनको लक्ष्य दिएको छ।

कीर्तिपुर मैदानमा लुम्बिनीले ४ विकेटको क्षतिमा १७० रन बनायो। जितका लागि मैदानममा उत्रिएको पोखराले विना विकेटको क्षतिमा १७६ रन बनायो। ओपनरद्वय दिनेश खरेलले ६१ र आन्द्रेश गोसले १०४ रन बनाए।

लुम्बिनीका लागि लागि कप्तान रोहित पौडेलले ९५ रन, टर्म मरेस ४५, सन्दीप जोरा १८, आशुतोष घिरैया र उन्मुक्त चन्द शून्य आउट भए । पोखराका लागि विपिन खत्रीले दुई, म्याट क्रिट्ले एक  विकेट लिए।

प्रकाशित मिति : २०८१ मङ्सिर २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस