२०८१ माघ ८ गते मङ्गलवार | 2025 January 21st Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गगन थापालाई ब्यङ्ग गर्दै देउवा भन्छन्-‘धेरै बोल्नेले आफूलाई सिध्याउँछ’

२२ मंसिर, मोरङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई लक्षित गर्दै धेरै बोल्नेले आफूलाई सिध्याउने तर, कम बोल्नेले अरुलाई सिध्याउने टिप्पणी गरेका छन् ।

आज विराटनगरमा आयोजित नेपाली कांग्रेसको प्रथम कोशी सम्मेलनलाई सम्बोधन गर्दै देउवाले यस्तो टिप्पणी गरेका हुन् । सम्मेलनलाई सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले सभापति ‘धेरै नबोल्नु हुने भएकाले उहाँको समय पनि लिएर केहि बढी बोलेको’ बताएका थिए ।

देउवाले स्थानीय तह सबै भन्दा महत्वपूर्ण भएकाले स्थानिय तहमा मिहिनेत गर्न कार्यकर्तालाई निर्देशन दिए । उनले तीन तहको संरचना मध्ये सबै भन्दा महत्वपूर्ण संरचना स्थानिय तह भएकाले स्थानिय तहमा बलियो हुने पार्टी मात्रै बलियो हुने स्पष्ट पारे ।

प्रकाशित मिति : २०८१ मङ्सिर २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस