२०८१ माघ ८ गते मङ्गलवार | 2025 January 21st Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भोलिबाट ‘पूर्ण बहादुरको सारङ्गी’ सिनेमा हलमा नचल्ने

२२ मंसिर, काठमाडौँ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ सोमबारबाट प्रदर्शन नहुने भएको छ । निर्माणपक्षले विज्ञप्ति जारी गर्दै सोमबारबाट नेपालभरका हलबाट चलचित्र उतार्ने निर्णय गरेको हो । हलहरूले नजरअन्दाज गरेको भन्दै सेभेन सिस सिनेमाले हलबाट सिनेमा उतार्ने बताएको छ ।

दक्षिण भारतीय चलचित्र ‘पुष्पा–२’ रिलिज भएपछि अधिकांश हलले ‘पूर्ण बहादुरको सारङ्गी’लाई कम शो दिएकोप्रति विज्ञप्तिमा संकेत गरिएको छ ।
विज्ञप्तिमा स्पष्ट नखुलाए पनि ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले सामाजिक सञ्जाल फेसबुकमा भने हिन्दी सिनेमा आएपछि आफ्नो चलचित्रलाई हल नदिइएको र दिएका हलको सिट क्षमता पनि न्यून रहेको बताएका छन् ।

प्रकाशित मिति : २०८१ मङ्सिर २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस