२२ मंसिर, काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बीआरआई सम्झौताबारे भइरहेको आलोचनालाई बचपना टिप्पणीको संज्ञा दिएकी छन् । इन्टरनेसनल कोर्ट अफ जस्टिस आइसिजेको जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा भाग लिन हेग प्रस्थान गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेकी हुन् ।
उनले सम्झौतामा ऋण लिने वा दिनेबारे कुनै निर्णय नभएको जिकिर गर्दै सम्झौताबारे बुझ्दै नबुझी टिप्पणी गरिएको बताइन् । उनले ऋण लिने(दिने व्यवहार लिने पक्षको मञ्जुरी र आग्रहमा हुने भएकाले ऋण सम्झौता हस्ताक्षर गरियो भन्नु बचपना भएको बताइन् ।
उनले नेपालले चीनसँग बीआरआई बाहेक अन्य कुनै सम्झौतामा हस्ताक्षर नगरेको स्पष्ट पारिन् । चीनले अघि सारेका डेभलपमेण्ट इनिसिएटिभ्स बारे मात्रै नेपालको चासो भएको बताइन् । बीआरआई सम्झौता आफै विकास सहायता भएको उनको भनाई थियो । नेपालले चीनको ग्लोबल डेभलपमेण्ट इनिसिएटिभ्समा मात्र सहभागी भएको बताइन् ।
पष्ट्रमन्त्री राणा शनिबार दिउँसो नेदरल्याण्ड्सको हेग प्रस्थान गरेकी हुन् । अन्तर्राष्ट्रिय अदालतको कार्यालय नेदरल्याण्ड्सको हेगमा छ । सो अदालत गत सोमबार डिसेम्बर २ देखि जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइ सुनुवाइ जारी छ ।