२२ मंसिर, काठमाडौँ । अमेरिकी अदालतले छोटो भिडियो एप टिकटकको अपिल खारेज गरेको छ ।
यससँगै आगामी दिनमा टिकटक अमेरिकामा प्रतिबन्धित हुनसक्ने बीबीसीले जनाएको छ । प्रतिबन्ध लगाउनुले लाखौँ अमेरिकी नागरिकको अभिव्यक्ति स्वतन्त्रताको अधिकार हनन् हुने भनी संघीय अदालतमा आफ्नो तर्क सुनिने टिकटकले आशा गरेको छ ।
अदालतले कानूनलाई असंवैधानिक घोषणा गर्ने टिकटकको अपेक्षा थियो तर, त्यसो भएन ।अदालतले टिकटकको अपिल अस्वीकार गरेको छ । सन् २०२५ को रूपमा टिकटकलाई प्रतिबन्धित गर्ने वा बेच्ने कुरा गर्ने कानूनलाई समर्थन गरेको छ ।
टिकटकले यो कानूनी लडाइँ अझै नसकिएको र यसविरूद्ध सर्वोच्च अदालतमा याचिका दायर गर्ने बताएको छ ।
प्रकाशित मिति : २०८१ मङ्सिर २२ गते शनिवार