२०८१ माघ ८ गते मङ्गलवार | 2025 January 21st Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भैरहवामा कार र बस ठोक्किँदा दुई जनाको मृत्यु

"One killed and 12 injured in a bus accident in Sindhuli."

२२ मंसिर, काठमाण्डौँ । भैरहवा–तौलिहवा सडक खण्डअन्तर्गत शुद्धोधन गाउँपालिका–३, गुलरीमा बस र कार एकापसमा ठोक्किँदा कारमा सवार दुई जनाको मृत्यु भएको छ । भैरहवादेखि तौलिहवा आउँदै गरेको लु २ ख २३१ नम्बरको बसले तौलिहवाबाट भैरहवा जाँदै गरेको बा १४ च ७४४८ नम्बरको कारलाई शनिबार बिहान ठक्कर दिँदा कार चालक कपिलवस्तुको वाणगंगा नगरपालिका–४, हरिहरपुर बस्ने ४५ वर्षीय इन्द्रबहादुर सार्की र प्यूठानको पकला–७ बस्ने ४३ वर्षीय निमबहादुर सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले बताए ।

कारसँगै लु ३८ प ९१९९ नम्बरको मोटरसाइकल पनि बससँग ठोक्किएको थियो । दुर्घटनामा १४ जना घाइते भएका छन्। उनीहरूको अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस