२०८१ माघ ८ गते मङ्गलवार | 2025 January 21st Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

तीनवटा संसदीय समितिको बैठक बस्दै

२३ मंसिर, काठमाडौँ । संघीय संसद्अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक आज बस्दै छ ।
आइतबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा लागेको हो ।

बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सदस्यहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, प्रतिनिधि सभाअन्तर्गतकै शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठक पनि दिउँसो २ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी, राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २ः३०बजे समितिको बैठक कक्षा सिंहदरबारमा बस्दै छ । बैठकमा नेपाल लेजिस्लेटिभ एकेडेमीसँग छलफल गर्ने कार्यसूची छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस