२०८१ माघ ८ गते मङ्गलवार | 2025 January 21st Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एनपीएल : आजको दोस्रो खेलमा सुदूरपश्चिम र चितवन भिड्दै

२२ मंसिर , काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आइतबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । आइतबार दिउँसो १ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यो भिडन्त सुरु हुनेछ। तीन जितसहित तालिकाको शीर्ष स्थानमा रहेको सुदूरपश्चिमसँग तेस्रो स्थानको चितवनले प्रतिस्पर्धा गर्न लागेको हो।

सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा छ भने चितवन कुशल मल्लको कम्तानीमा छ । पहिलो खेलमा विराटगरलाई ९० रनले हराएको सुदूरपश्चिमले दोस्रो खेलमा काठमाडौंमाथि ७३ रनको जित निकालेको थियो । तेस्रो खेलमा भने शनिबार लुम्बिनीलाई ४५ रनले हराएको छ ।
अपराजित सुदूरपश्चिम ६ अंकसहित शीर्ष स्थानमा छ । जनकपुर र सुदूरपश्चिमको समान अंक भए पनि रनरेटका आधारमा सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा पुगेको हो ।

प्रकाशित मिति : २०८१ मङ्सिर २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस