२०८१ माघ ८ गते मङ्गलवार | 2025 January 21st Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधानमन्त्री ओली आज गृहजिल्ला झापा जाँदै

२३ मंसिर, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज आइतबार गृहजिल्ला झापा जाँदैछन् । दमक नगरपालिका–३ दापगाछीमा एक अर्ब ४५ करोड रूपैयाँको लागतमा निर्माण गरिएको १८ तले भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली झापा जाने भएका हुन् ।

‘दमक बिजनेस कम्प्लेक्स’ नामकरण गरिएको उक्त भवन चिनियाँ निर्माण कम्पनी जेडसीजीआईआईसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन् । सरकारले विकास समितिमार्फत भवन सञ्चालनको तयारी गरेको सहरी विकास तथा भवन निर्माण आयोजनाका इन्जिनियर भूपेन्द्र यादवले बताए । व्यापारिक प्रयोजनका निम्ति भवन उपयुक्त रहेको उनले बताए । प्रधानमन्त्री ओलीले नै पाँच वर्षअघि भवन निर्माणको शिलान्यास गरेका थिए ।

प्रकाशित मिति : २०८१ मङ्सिर २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस