२०८१ माघ ८ गते मङ्गलवार | 2025 January 21st Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

त्रिशूली नदीमा खसेको ग्यास बुलेटका चालक अझै भेटिएनन्

२३ मंसिर, काठमाडौँ । पृथ्वी राजमार्गको धादिङ बेनीघाट रोराङ गाउँपालिका–२ स्थित कृष्णभीरबाट आज बिहान ग्यास बोकेको बुलेट त्रिशूली नदीमा खस्दा चालक बेपत्ता भएका छन् । श्रीराम ग्यास बोकेको एनएल ०२ एल ३९०७ नम्बरको ग्याँस बुलेट आइतबार बिहान कृष्णभीरबाट त्रिशूलीमा खसेको हो ।

दुर्घटनामा परेको बुलेटका चालक भारतको बरुनी बस्ने अन्दाजी ४५ वर्षका पंकज कुमारको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । ग्यास बुलेट चितवनबाट काठमाडौँतर्फ जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको बुलेटका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवन प्रहरी प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ मङ्सिर २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस