२०८१ माघ ८ गते मङ्गलवार | 2025 January 21st Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

२४ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बिहान ९ बजेका लागि बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि आमन्त्रण गरिसकिएको छ ।

बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको बीआरआई फ्रेमवर्क सम्झौताबारे विशेष छलफल हुनेछ । सोही बैठकबाट त्यसबारेमा पार्टीको आधिकारिक धारणा तय गरिने बताइएको छ । बीआरईबारे कांग्रेसभित्र मतभेद रहँदै आएको छ ।

 

प्रकाशित मिति : २०८१ मङ्सिर २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस