२०८१ माघ ८ गते मङ्गलवार | 2025 January 21st Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाल अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन हुने

२४ मंसिर, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले आगामी फेब्रुअरी पहिलो साता नेपाल अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन आयोजना गर्ने भएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घको नेतृत्व समालेपछिका सफलता र कार्ययोजनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो कुरा बताए । उनले नयाँ कार्यकारिणी समितिले आर्थिक उत्थान तथा व्यावसायिक हितको लबिङमा निरन्तर सफलता मिल्दै आएको दाबी गरे ।

भेटघाटमा अध्यक्ष ढकालले आफू नेतृत्वमा आएसँगै मुलुकको समग्र आर्थिक उत्थान, व्यवसायीको हकहितको रक्षा र राष्ट्रिय–अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा विशेष भूमिका खेलेको बताए । “कार्यभार समालेकै भोलिपल्ट निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धानको दायरामा ल्याउने गरी राष्ट्रिय सभाले कानुन पारित गरेको सन्दर्भमा राजनीतिक नेतृत्वसँगको पहलबाट उक्त व्यवस्था हटाउन पहल गरेको उनले दाबी गरे ।

प्रकाशित मिति : २०८१ मङ्सिर २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस