२०८१ माघ ८ गते मङ्गलवार | 2025 January 21st Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सामाजिक सञ्जाल फेसबुकमा महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ

www.janaboli.com;

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा साथी बनेर गोप्य तस्बिर रेकर्ड गरेपछि चरित्र हत्या गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-५ घर भएर चन्द्रागिरीमा बस्ने रोशन भण्डारी छन् ।

३१ वर्षीय भण्डारीलाई पक्राउ गरेर विद्युतीय कारोबार ऐन-२०६३ अन्तर्गतको कसुरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको साइबर ब्युरोका एसपी दीपक राज अवस्थीले जानकारी दिए ।

महिलालाई साथी बनाएर कुराकानी गर्ने क्रममा गोप्य तस्बिर लिएर उनले ती महिलाको आफन्त र साथीहरूलाई पठाएको आरोप छ । मंसिर २३ मा पक्राउ परेका उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस