२५ मंसिर, काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल भारत प्रस्थान गरेका छन् । आज उनी भारतको नयाँ दिल्ली प्रस्थान गरेको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथि गौरवकुमार केसीले जानकारी दिए । प्रधान सेनापति सिग्देल भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीको निमन्त्रणामा भ्रमणमा गएका हुन् ।
यसअघि मंसिर ५ गते पाँच दिने सेनाध्यक्ष द्विवेदी नेपाल औपचारिक भ्रमणमा आएका थिए । मानार्थ महारथीको दर्जा ग्रहण गर्ने प्रचलन अनुसार उनी नेपाल आइपुगेका थिए । भारतमा पनि नेपाली सेनाका प्रधान सेनापतिले मानार्थ महारथीको दर्जा दिने गरेको छ । उनले मंसिर ६ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट मानार्थ महारथी दर्जाको चिन्ह प्रदान गरेर मंसिर ९ गते फर्किएका थिए ।