२०८१ माघ ८ गते मङ्गलवार | 2025 January 21st Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एनपिएल: कर्णालीको सहज जित, ७ विकेटले पोखरा पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग  (एनपिएल) को मंगलबार दोस्रो खेलमा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले हराएको छ।
पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १०४ रनको लक्ष्य दिएको थियो।

जितको लक्ष्य लिएर मैदानमा उत्रिएको कर्णालीले ५ ओभर बाँकी छदैँ खेल जितेको हो। कर्णालीका लागि चाडविक वाल्टन ४२, बाबर हायात ७, देव खनाल शून्यमा आउट भए भने गुलशन झा ४९ र विलियम बसिस्टो २ रनमा अविजित रहे।

पोखराका लागि कप्तान कुशल भुर्तेल, विपिन खत्री र सागर ढकालले समान एक एक विकेट लिए। कर्णाली याक्सविरूद्ध ​टस जितेर​ ब्याटिङ गरेको पोखराले सबै विकेट गुमाएर १०३ रन बनाएको थियो।

पोखराका लागि दिनेश कार्की २६, आन्द्रेश गोस २५, रेमन राफर २०, कुशल भुर्तेल १०,दिलिपनाथ ३, माइकल लिस्क २ म्याट क्रिट्ले र आकाश चन्द समान एक एक रन बनाए। कर्णालीका लागि विलियम बोसिस्टोले ६, सोमपाल कामी, युनिश ठकुरी, विपिन शर्मा ले एक एक विकेट लिए।

यसअघि पोखराले तीन खेलमा दुई हार र एक जित हासिल गरेको थियो भने कर्णालीले चार खेलमा दुईमा जित र दुईमा हार व्यहोरेको थियो।

प्रकाशित मिति : २०८१ मङ्सिर २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस