२०८१ माघ ८ गते मङ्गलवार | 2025 January 21st Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

लगातार घट्दै शेयर बजार : नेप्से ६.३२ अंकले घट्यो, साढे ४ अर्बमा खुम्चियो कारोबार

२५ मंसिर , काठमाडौँ । शेयर बजार लगातार घटिरहेको छ । नेप्से दिन दिनै तल ओर्लिएसँगै कारोबार रकम पनि घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज ६.३२ अंकले बजार तल झरेको छ । ०.२३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६६९.८२ अंकमा ओर्लिएको छ ।

समग्रमा बजार घटे पनि होटल, उत्पादनमूलक, लघुवित्त र ट्रेडिङ क्रमशः ०.२८, ०.३३, ०.१३ र ०.३० प्रतिशतले बढेका छन् । बाँकी समूह भने राताम्मे भएका छन् । आज ३०३ कम्पनीका ८७ लाख ६८ हजार ५ सय ६६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड ३३ लाख २० हजार २ सय ९०.८१ रुपियाँ बराबरको कारोबार भएको छ । बजार समग्रमा घटे पनि जोशी हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.६७ प्रतिशतले नामा कमाएमा छन् ।

त्यस्तै एनआरएन एन्फ्रास्ट्रक्चरका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.९० प्रतिशतले घाटा व्यहोरेका छन् । सोही कम्पनीको आज उच्च कारोबार भएका छ ।
उक्त कम्पनीको १८ करोड ९६ लाख २० हजार ३ सय ३.४० रुपियाँ बराबरको कारोबार भइको नेप्सेले जनाएको छ । साताको पहिलो दिन आइतबार बजार ४५.९३ अंकले घट्दा ७ अर्ब ४६ करोड ३ लाख ४ हजार ९ सय ९९.५५ रुपियाँ र हिजो सोमबार १२.८४ अंकले बजार घट्दा बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस